sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

कसैले असफल पार्न नसक्ने हतियार रुसले बनायो– पुटिन

Nimb long ad
Prabhu Insurance Long Ad

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु ऊर्जाद्वारा सञ्चालित क्रुज मिसाइलको अन्तिम परीक्षणमा आफ्नो देशले सफलता हात पारेको दाबी गरेका छन् । यो मिसाइल परमाणु हथियार बोकेर लैजान सक्षम हुन्छ ।

आफ्ना प्रवक्ताले अमेरिकी अखबार न्युयोर्क टाइम्सको रिपोर्टलाई खण्डन गरेलगत्तै पुटिनबाट यस्तो दाबी आएको हो । रुसले बुरेवेस्तनिक नामको हतियार परीक्षण गर्न लागेको दाबीसहित न्युयोर्क टाइम्सले रिपोर्ट प्रकाशित गरेको थियो ।

यो प्रायोगिक हतियारको सुरुवाती घोषणा सन् २०१८ मा भएको थियो । यसको रेन्ज असीमित रहेको बताइन्छ ।

किन विशेष छ यो मिसाइल ?

यो मिसाइलबारे धेरै जानकारी उपलब्ध छैन । रुसले पनि यसबारे धेरै कुरा खुलाएकै छैन । अहिलेसम्म जेजति जानकारी उपलब्ध छन्, त्यसअनुसार यो मिसाइल परमाणु रिएक्टरमा आधारित छ । सजिलो शब्दमा यसको मतलव यो मिसाइलले परमाणु रिएक्टरबाट नै ऊर्जा हासिल गर्छ ।

यसका साथै यो एक क्रुजज श्रेणीको मिसाइल हो । योसँग परमाणु हतियार बोकेर लैजाने क्षमता छ । तर यसको क्षमतालाई लिएर आधिकारिक रूपमा धेरै जानकारी उपलब्ध छैन । यसअघिको परीक्षण असफल रहेको रिपोर्ट बाहिर आएको थियो ।

राष्ट्रपति पुटिनले सोची शहरमा भएको बैठकमा गरेको दाबीको स्वतन्त्र तरिकाले पुष्टि हुन सकेको छैन । रुसी रक्षा मन्त्रालयले पनि यसबारे कुनै सूचना दिएको छैन ।

prabhu bank
nawakantipur long