stcnepal long ad
himalayan Everest Insurance long ad

रुसको आर्थिक वृद्धिदर सुस्त हुने केन्द्रीय बैंकका गभर्नरको चेतावनी

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

रूसको केन्द्रीय बैंकका गभर्नर एल्भिरा नाबिउलिनाले सन् २०२३ को उत्तरार्द्धमा रूसको आर्थिक वृद्धिदर सुस्त हुने चेतावनी दिनुभएको छ ।

लगातारको उच्च मुद्रास्फीति र कमजोर रूबलका बावजुद पनि रूसी अधिकारीहरूले युक्रेनसँगको युद्धलाई जोड दिएका छन् । तर यसबाट उत्पन्न आर्थिक प्रभावलाई बेवास्ता गरिएको समाचार संस्था एएफपीले जनाएको छ । केन्द्रीय बैंकले दुई महिनामा तेस्रो पटक प्रमुख दर बढाएको छ ।

कमजोर रूबल र मुद्रास्फीतिको कारण देखाउँदै बैंकले आफ्नो प्रमुख दरलाई एक प्रतिशत बिन्दुले बढाएर १३ प्रतिशत पुर्याएको घोषणा गरेको छ ।

रुसको केन्द्रीय बैंकले सन् २०२३ मा १ दशमलव ५ देखि २ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिको अनुमान राखेको छ तर सन् २०२४ का लागि यसलाई घटाएर अधिकतम शून्य दशमलव ५ देखि एक दशमलव ५ प्रतिशतमा झारेको छ ।

३० भदौ २०८०, शनिवार १०:५२ बजे प्रकाशित

NTA long ad