सुडानका लागि राष्ट्रसङ्घका प्रतिनिधि पर्थेसले दिए राजीनामा
सुडानका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि भोल्कर पर्थेसले पदबाट राजीनामा दिएका छन् ।राष्ट्रसंघीय सुडानका राजदूत पर्थेसले खार्तुममा सेना र अर्धसैनिक समूहबीच पाँच महिनादेखि जारी द्वन्द्वका बीच बुधबार राजीनामाको घोषणा गरेका हुन् ।
उनले सुडानको द्वन्द्व व्यवस्थापनका लागि जिम्मेवारी दिएकोमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसप्रति आभार व्यक्त गर्दै यो अवधिमा आफूले सम्भावित सबै भूमिकाको निर्वाह गरेको बताएका छन् । सुडान सन्दर्भलाई जोड्दै उनले भने, ‘यो द्वन्द्व पूर्ण गृहयुद्धमा परिणत हुन सक्छ ।’























