citizens life insurance long ad
stcnepal long ad

अत्यधिक गर्मी र बाढीका कारण ४ एसियाली देशको कपडा निर्यात आम्दानीमा ६५ अर्ब डलर गुम्ने

Nimb long ad
Prabhu Insurance Long Ad

अत्यधिक गर्मी र बाढीका कारण सन् २०३० सम्ममा ४ एसियाली देशहरुले कपडा निर्यातबाट हुने ६५ अर्ब डलर बराबर आम्दानी गुमाउने एक अध्ययनले देखाएको छ ।

सम्पति व्यवस्थापन सम्बन्धी काम गर्ने बेलायती कम्पनी ‘स्रोडर्स’ र कर्नेल विश्वविद्यालयले बंगलादेश, पाकिस्तान, कम्बोडिया र भियतनाममा गरेको अध्ययनले उक्त निष्कर्ष निकालेको हो ।

उच्च तापक्रम र कारखानाहरु बन्द हुँदा कामदारहरुले संघर्ष गर्नुपर्ने पनि अध्ययनमा उल्लेख भएको रोयटर्सले रिपोर्ट गरेको छ । यस्तै, यी ४ देशहरुका ६ वटा कपडा निर्यातकर्ता ब्राण्डहरुको आपूर्ति श्रृंखलाका बारेमा पनि अध्ययन गर्दा ६ वटै ब्राण्डहरुलाई भौतिकरुपमै असर पर्ने देखिएको थियो ।

अध्ययनको निष्कार्षले ठूलो वित्तीय लागतमा सञ्चालन भइरहेका कपडा उद्योगहरुका साथै यी उद्योगमा लगानी गर्ने लगानीकर्तालाई पनि सचेत हुन मद्दत गर्ने अध्ययनकर्ताहरुले बताएका छन् ।

अध्ययनका क्रममा कुरा गरिएका आपूर्तिकर्ता र खरिदकर्ताहरुमध्ये कसैले पनि हालसम्म जलवायुसँग सम्बन्धित दुई मुद्दाहरु(अत्यधिक गर्मी र बाढी)मा ध्यान नदिएको कर्नेल ग्लोबल लेबर इन्स्टिच्युटका कार्यकारी निर्देशक जेसन जुडले बताएका छन् ।

पृथ्वीको तापक्रम बढ्दै जाँदा कामदारहरुले गर्मीबाट थप तनाव महशुस गर्दै जाने र उनिहरुको उत्पादन क्षमतामा पनि ह्रास आउने अध्ययनकर्ताहरुले बताएका छन् । यता, बाढीका कारण अध्ययन गरिएका चार देशहरु कारखानाहरु बन्द गर्न बाध्य हुने अनुमान गरिएको छ ।

यी ४ देश (बंगलादेश, पाकिस्तान, कम्बोडिया र भियतनाम) ले विश्वव्यापी कपडा निर्यातको १८५ हिस्सा ओगटेका छन् भने कपडा र जुत्ता कारखानाहरुमा १ करोड ६ लाख बढी कामदारहरुलाई रोजगारी दिएका छन् ।

कपडा हबका रुपमा चिनिएका यी ४ देशहरुको उत्पादन क्ष्मतामा ह्रास आएका सन् २०२५ देखि २०३० को बीचमा कपडा निर्यातबाट ६५ अर्ब डलर आम्दानी गुमाउने देखिएको छ । जुन हालको निर्यात आम्दानीको २२५ हुन आउँछ । यस्तै, ९ लाख ५० हजार बराबर रोजगारीमा कमी आउने देखिएको छ ।

IME Life
kumari