stcnepal long ad

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा करिब ४६ करोड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २२ दशमलव २७ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ४५ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको बीमा कोष ९० दशमलव १० प्रतिशतले बढेको छ । बीमा कोषमा २ अर्ब २८ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा बीमा कोषमा १ अर्ब २० करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष ११६ प्रतिशतले वृद्धि हुँदै ९१ करोड ३२ लाख पुगेको छ ।

समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन १४ दशमलव ९५ प्रतिशतले सुधार भएको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन १ अर्ब ३२ करोड थियो । कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ११ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड पुगेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ २२८ रुपैयाँ ९२ पैसा रहेको छ