citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज शुक्रबार साउन २६ गते अन्तिम दिन हो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा साउन २५ गते साँझसम्ममा १० लाख ८२ हजार ३७९ जनाले १ करोड ३० लाख ५९ हजार ४६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.३६ गुणा बढी आवेदन हो ।

इन्स्योरेन्स कम्पनीले साउन २३ गतेदेखि प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ सर्वसाधारणमा ल्याएको हो । यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।

यसमध्ये १०% अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला भइसकेको छ । त्यस्तै, ५५ ९६ लाख कित्ता सेयर० कर्मचारी र ५५ ९६ लाख कित्ता० सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले  सी–आस्वा  प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ ।

रेटिङ एजेन्सी केयर नेपालले यस इन्स्योरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।
जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले  २०८०  असार ४ गते  यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ जेठ २८ गतेसम्म बाहल रहनेछ ।

gold
himalayan life insurance long ad