stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

एनआईसी एशिया बैङ्कद्वारा तीन कर्जायोजना सार्वजनिक

२५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकहरूले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्नेछन् ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बजारको माग अनुसार बदलिँदो समय एवं नवीनतम आकर्षक योजनाहरूलाई समेट्दै आएको एनआईसी एशिया बैङ्क लिमिटेडले आफ्ना ग्राहकहरू समक्ष अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ ।

ग्राहकको आवश्यकतालाई हर सम्भव पूरा गर्ने सोचका साथ बैङ्कले न्यूनतम रु। २५ लाखदेखि अधिकतम रु. १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको हो । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकहरूले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गत ग्राहकहरूले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्नेछन् ।

साथै, अन्य बैङ्क तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्र्जा यस बैङ्कको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैङ्कले गरेको छ ।

बैङ्कले ग्राहकहरूको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम रु. २५ लाखदेखि अधिकतम रु. ५ करोडसम्म कर्जा उपलब्ध हुनेछ ।

अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको छ ।

साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरूलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरूले सञ्चालित वा नयाँ व्यवसायहरूको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्नेछन् ।

त्यसै गरी बैङ्कले ल्याएको न्यूनतम रु. ५० लाखदेखि अधिकतम रु. १२ करोडसम्मको अठोट शेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्नेछ भने यस कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रूपमा नवीकरण गर्न सकिने) रहेको छ ।

एनआईसी एशिया बैङ्क मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैङ्कहरू मध्येको बैङ्क हो ।

यस बैङ्कले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५६७ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहितशाखा सञ्जाल विस्तार गरेको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसङ्ख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैङ्क सफल भएको छ ।

prabhu mahalaxmi
kumari