stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको लोगो सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडलाई नेपाल बीमा प्राधिकरणले मिति २०८०/२/२९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । आषाढ महिना भित्र एकिकृत कारोबार गर्ने गरी दुबै कम्पनीको संयुक्त मर्जर समिति, संचालक समिति र व्यवस्थापन समूह तयारीमा लागि सकेको छ ।

यसै सिलसिलामा संयुक्त मर्जर समितिको निर्णय अनुसार दुबै कम्पनीको भावना प्रतिबिम्वित हुने गरी तयार गरिएको तथा एकिकृत कारोबार पछि प्रचलनमा ल्याइने “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड” को लोगो सार्वजनिक गरेको जानकारी गराउन चाहन्छौँ ।

प्रभु लाइफ र महालक्ष्मी लाईफको देशै भरी १६७ शाखारउपशाखा संचालनमा भई ४४९ कर्मचारी कार्यरत रहेका छन । प्रभु लाईफको बोनस शेयर जारी पछि दुबै कम्पनीको गरी ४२९.६ करोड चुक्ता पूँजी हुनेछ ।

बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पूँजीको लागि एकिकृत कारोबार पछि ९० करोड बराबर प्रिमियम मुल्यमा एफपिओ (FPO) जारी गर्ने सहमति भएको अवगत गराउन चाहन्छौँ ।

prabhu mahalaxmi
kumari