citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सेयर नेप्सेमा सुचीकृत

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको शेयर सूचीकृत भएको छ । साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभिई एकीकृत कारोबार पछि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट ‘आइजीआई’ सिम्बोलबाट शेयर सूचीकृत भएको हो ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३ करोड २ लाख ९३ हजार ३४६ कित्ता शेयर सूचीकृत भएको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनका लागि संलग्न संझौता बमोजिमका शर्तहरु पालना गर्ने गरी जेठ १८ गते आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृतपश्चात् कम्पनीको कारोबार आइतबारदेखि खुल्नेछ । साविक आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच १ः१ अनुपातमा मर्ज भएका हुन् ।

himalayan life insurance
igi long