नेको इन्स्योरेन्स साधारण सभा जेठ २३ गते

आर्थिक सञ्जाल २०७७ जेठ ७ गते बुधबार
काठमाडौं । नेको इन्स्योरेन्सले जेठ २३ गते २४ औं वार्षिक साधारण सभा बोलाएको छ । यस अघि वैशाख १ गतेका लागि तय गरिएको सभा कोरोना संक्रमणका कारण सरकारले गरेको लकडाउनका कारण रोकिएको थियो । कम्पनीको वैशाख ३१ गतेको सञ्चालक समितिको बैठकले स्थगित सभा जेठ २३ गते गर्ने निर्णय गरेको हो ।
संक्रमण फैलिरहेको सन्दर्भमा विशेष सावधानी अपनाएर सभा गर्ने तयारी कम्पनीको छ । सभाले उपस्थित हुँदा मास्क तथा पन्जाको प्रयोग गर्नुपर्ने र सभामा कम्तिमा एक मिटरको दुरी कायम राखी कुर्सीको आसन गर्नुपर्ने व्यवस्था कम्पनीले गरेको छ ।
यस अघिको सुचना अनुसार अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा सभा गर्ने भनिए पनि पछिल्लो सुचनामा कम्पनीको भवन ज्ञानेश्वर , काठमाडौंमा विहान ११ बजे सभा सुरु हुनेछ । कम्पनीले यस वर्ष ८ दशमलव १६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्दैछ ।
यस अघि ८ दशमलव ४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको कम्पनीले बीमा समितिको निर्देशनमा शंसोधन गरी ८ दशमलव १६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साधारण सभा र लाभांश प्रयोजनका लागि कमपनीले चैत २४ गतेदेखि बुक क्लोज गरेको छ ।
यस आधारमा त्यस दिनभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । लाभांश सँगै सभाले गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ ।