stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेको इन्स्योरेन्स साधारण सभा जेठ २३ गते

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ७ गते बुधबार

काठमाडौं । नेको इन्स्योरेन्सले जेठ २३ गते २४ औं वार्षिक साधारण सभा बोलाएको छ । यस अघि वैशाख १ गतेका लागि तय गरिएको सभा कोरोना संक्रमणका कारण सरकारले गरेको लकडाउनका कारण रोकिएको थियो । कम्पनीको वैशाख ३१ गतेको सञ्चालक समितिको बैठकले स्थगित सभा जेठ २३ गते गर्ने निर्णय गरेको हो ।

संक्रमण फैलिरहेको सन्दर्भमा विशेष सावधानी अपनाएर सभा गर्ने तयारी कम्पनीको छ । सभाले उपस्थित हुँदा मास्क तथा पन्जाको प्रयोग गर्नुपर्ने र सभामा कम्तिमा एक मिटरको दुरी कायम राखी कुर्सीको आसन गर्नुपर्ने व्यवस्था कम्पनीले गरेको छ ।

यस अघिको सुचना अनुसार अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा सभा गर्ने भनिए पनि पछिल्लो सुचनामा कम्पनीको भवन ज्ञानेश्वर , काठमाडौंमा विहान ११ बजे सभा सुरु हुनेछ । कम्पनीले यस वर्ष ८ दशमलव १६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्दैछ ।

यस अघि ८ दशमलव ४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको कम्पनीले बीमा समितिको निर्देशनमा शंसोधन गरी ८ दशमलव १६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साधारण सभा र लाभांश प्रयोजनका लागि कमपनीले चैत २४ गतेदेखि बुक क्लोज गरेको छ ।

यस आधारमा त्यस दिनभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । लाभांश सँगै सभाले गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ ।

prabhu mahalaxmi
kumari bank
kumari