citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

सूर्या लाइफद्वारा १ अर्ब ८० करोडभन्दा बढी बीमाशुल्क आर्जन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको नौं महिनासम्म  १ अर्ब ८० करोड ५ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । यो रकम गत वर्षको यसै अवधिसम्म  १ अर्ब ५४ करोड ६४ लाख रुपैयाँभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन रकम १६ दशमलव ४३ प्रतिशत बढी भएको हो ।

कम्पनीको नाफामा पनि गत वर्षभन्दा ३६ प्रतिशत बृद्धि देखिएको छ । गत वर्ष नौं महिनामा  १३ करोड ७१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष  १८ करोड ६७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । गत वर्षको तुलनामा कम्पनीको आम्दानी १९ प्रतिशत बढी  २४ करोड ९१ लाख रुपैयाँभन्दा बढी भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी  २ अर्ब १५ करोड ५१ लाख रुपैयाँभन्दा बढी पुगेको छ । यस वर्ष कम्पनीको चुक्तापूँजी ९० प्रतिशत बढी भएको हो । ७० प्रतिशत हकप्रद र दुई आर्थिक वर्षको १२ प्रतिशतको दरले २४ प्रतिशत बोनस शेयर मार्फत कम्पनीको पूँजी बढेको हो ।

जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष ३१ प्रतिशत बढी ६० करोड २ लाख रुपैयाँ भन्दा बढी कायम भएको छ । कम्पनीको जीवन बीमाकोषमा गत वर्षभन्दा ४२ दशमलव ८८ प्रतिशत बढी ६ अर्ब ६४ करोड ३ लाख रुपैयाँभन्दा बढी रकम छ ।

नौं महिनासम्म कम्पनीमा ४ लाख २३ हजार ६१ बीमालेख कायम रहेको छ । यस वर्ष कम्पनीले ७८४ जनालाई  २९ करोड १९ लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ  प्रतिशेयर नेटवर्थ १२४ दशमलव ५४ रुपैयाँ रहेको छ ।

gold
kumari bank