stcnepal long ad
ime life insurance
national life
global ime bank long

चन्द्रागिरि नगरपालिका सिल, घर बाहिर निस्कन पूर्णरुपमा प्रतिबन्ध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार
काठमाडौं । कोरोना संक्रमितको संख्या बढेपछि चन्द्रागिरि नगरपालिकालाई यही जेठ ७ गतेसम्म  सिल गरिएको छ । नगरपालिका सिल गरेसँगै अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।
यसैगरी, सशस्त्र प्रहरी अस्पतालमा १२० क्षमताको आइसोलेस वार्ड स्थापना गरी कोरोना संक्रमितको उपचार भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कोरोना भाइरस जोखिम हुन नदिन क्वारेन्टाइन निर्माणलाई प्राथमिकता दिएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको यस नगरपालिकाभित्र कोरोना संक्रमित बढेपछि क्वारेन्टाइन थप गर्न लागिएको हो । नगर प्रवक्ता हरिभक्त महर्जनले क्वारेन्टाइनको क्षमता विस्तार गर्न लागिएको जानकारी दिए ।

नगरपालिकामा हाल ४० श्ययाको क्वारेन्टाइन तयारी अवस्थामा गरेको छ । चन्द्रागिरि अस्पतालमा १५ र चुनदेवी माध्यमिक विद्यालय थानकोटमा २५ श्ययाको क्वारेन्टाइन रहेको छ । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय र मनमोहन अस्पताल दहचोकमा पनि क्वारेन्टाइन विस्तार गर्न लागिएको छ ।

हाल चन्द्रागिरिमा कोरोना संक्रमित देखिएका व्यक्तिलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको अस्पतालमा उपचार गरिँदै आएको छ । हालसम्म यस नगरपालिकामा ५ जनालाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ । नगरपालिकाले हालसम्म ४८५ व्यक्तिमा कोरोना परीक्षण गरिसकेको छ । रासस

IME Lifesidebar
kumari