राष्ट्रिय बिमा संस्थानले कमायो आकर्षक नाफा

आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार
काठमाडौं । राष्ट्रिय बिमा संस्थानले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा ४ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा १९२.६६% ले धेरै हो । गत वर्ष यसले १ करोड ६८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । चैत मसान्तसम्म संस्थानले खुद बिमा शुल्क आम्दानी पनि २१.५०% ले वृद्धि गरी ६ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ ।
गत वर्ष यसले ५ अर्ब ६३ रुपैयाँ मात्र बिमा शुल्क आर्जन गरेको थियो । संस्थानले यो त्रैमाससम्म २ अर्ब २१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यसले जीवन बिमा कोष पनि २० अर्बबाट बढोत्तरी गरेर २६ अर्ब ७० करोड पुर्याएको छ ।
हाल राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा २७ करोड ६१ लाख रुपैयाँ छ । यसको सर्वसाधारणमा सेयर जारी नभएकाले नेप्सेमा सूचीकृत भएको छैन । नेप्सेमा सेयर कारोबार हुँदैन ।