stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रिय बिमा संस्थानले कमायो आकर्षक नाफा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार
काठमाडौं । राष्ट्रिय बिमा संस्थानले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा ४ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा १९२.६६% ले धेरै हो । गत वर्ष यसले १ करोड ६८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । चैत मसान्तसम्म संस्थानले खुद बिमा शुल्क आम्दानी पनि २१.५०% ले वृद्धि गरी ६ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ ।

गत वर्ष यसले ५ अर्ब ६३ रुपैयाँ मात्र बिमा शुल्क आर्जन गरेको थियो । संस्थानले यो त्रैमाससम्म २ अर्ब २१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यसले जीवन बिमा कोष पनि २० अर्बबाट बढोत्तरी गरेर २६ अर्ब ७० करोड पुर्याएको छ ।

हाल राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा २७ करोड ६१ लाख रुपैयाँ छ । यसको सर्वसाधारणमा सेयर जारी नभएकाले नेप्सेमा सूचीकृत भएको छैन । नेप्सेमा सेयर कारोबार हुँदैन ।
IME Lifesidebar
kumari