प्रभु इन्सुरेन्सको नाफा ८.५८% ले बढ्यो

आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार
काठमाडौं । प्रभु इन्सुरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड २२ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ८.५८% ले धेरै हो ।
गत वर्ष यसले १४ करोड रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले खुद बिमा शुल्क पनि ९.७४% ले बढाएर ४३ करोड ४० लाख पुर्याएको छ । गत वर्ष यसले ३९ करोड ५४ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले बिमा कोषको आकार पनि ५१ करोड ३० लाख रुपैयाँबाट ६५ करोड ३३ लाख रुपैयाँ पुर्याएको छ । चुक्ता पुँजी १ अर्ब ५० लाख ७६ हजार रुपैयाँ रहेको यसको जगेडा कोषमा २३ करोड रुपैयाँ छ ।
कम्पनीले १४ करोड ६८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । प्रभुले महाविपत्ति जगेडा कोषमा ९ करोड २५ लाख रुपैयाँ छुट्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ रहेको छ ।