stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु इन्स्योरेन्सले पुस २८ गते बीमा अभिकर्ताको परीक्षा संचालन गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ताको परीक्षा संचालन गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम बीमा अधिकर्ताको परीक्षा संचालन गर्न लागेको जनाएको छ । कम्पनीले यहि पुस २८ गते भर्चुअल माध्यमबाट परीक्षा संचालन गर्ने जनाएको छ ।

कम्पनीले बीमा ऐनअनुसार बीमा अभिकर्ताले ‘अभिकर्ता इजाजत पत्र प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण हुनुपर्नेछ’ भन्ने व्यवस्था भएअनुसार कम्पनीबाट बीमा अभिकर्ताको आधारभूत तालिम लिई बीमा प्राधिकरणबाट बीमा अभिकर्ताको लाइसेन्स प्राप्त गर्न बाँकी रहेका ब्यक्तिहरुलाई परीक्षा लिन लागेको जनाइएको छ ।

परीक्षा बिहान ११ बजेदेखि १२ः३० बजेसम्म संचालन हुने जनाएको छ । परीक्षामा सहभागी हुने ब्यक्तिले बीमा अभिकर्ताको लाइसेन्स प्राप्त गर्न १०० पूर्णाङ्कमा ५० अंक प्राप्त गर्नुपर्नेछ । कम्पनीका अनुसार परिक्षा १ घण्टा ३० मिनेटको हुनेछ । सम्बन्धित व्यक्तिहरुले कम्पनीले उपलब्ध गराएको नम्बरबाट सम्पर्क गरी थप जानकारी लिन कम्पनीले भनेको छ ।

IME Lifesidebar
kumari