stcnepal long ad
ime life insurance
national life
global ime bank long

ग्लोबल आईएमई बैंकको बैकिङ सेवा दुई दिन बन्द हुने

बैंकको मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेण्ट मार्फत हुने रेमिटयान्स् सेवा भने यथावत संचालनमा रहनेछ ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । ग्लोबल आईएमई बैंकको बैकिङ सेवा दुई दिनका लागि बन्द हुने भएको छ । पुस २५ देखि ग्लोबल आईएमई र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार गर्न लागिएकोले डाटा माइग्रेसनका लागि २३ गते र २४ गते सम्पूर्ण बैंकिङ सेबा बन्द हुने बैंकले जनाएको छ ।

यो अवधिमा ग्लोबल आईएमईको मोबाइल तथा इन्टरनेट बैंकिङ, एटीम र एजेन्टमार्फत हुने रेमिट्यान्स भने सञ्चालन हुने बैंकले जनाएको छ ।

बैकको मर्जरपश्चात एकीकृत वित्तीय कारोबार सुरु गर्न डाटा माइग्रेसनका लागि आगामी शनिबार र आइतबार २ दिन ग्लोबल आइएमई बैक लिमिटेडको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द रहनेछ ।

तर सो अबधिमा बैंकको मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेण्ट मार्फत हुने रेमिटयान्स् सेवा भने यथावत संचालनमा रहनेछ । यसबाट आफ्ना ग्राहक महानुभावहरुमा पर्न जाने असुविधाप्रति बैंक क्षमाप्रार्थी छ ।

मर्जर पश्चात् बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पूँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०८ अर्ब, कूल कर्जा रु. ३७६ अर्ब भन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनुहुनेछ ।

त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनुहुनेछ ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बैंक लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठुलो बैंक हुनेछ ।

मंसिर २३ गते भएको बैंकको २८ औ वार्षिक साधारणसभाले ग्लोबल आइएमइ र बैंक आफ काठमाडौ एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गरेको थियो । सोही अनुसार दुई बैंक एक भई २५ गतेबाट एकीकृत कारोबार गर्दैछन् ।

IME Lifesidebar
kumari