stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एशियन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख ३० गते मंगलबार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गत वर्षको यसै अवधिको तुलनामा नाफा १४० प्रतिशत बढी भएको छ । गत वर्ष  ५ करोड ४४ लाख ९ हजार रुपैयाँ खुद नाफा गरेको यस कम्पनीले यस वर्ष १३ करोड ७ लाख २२ हजार रुपैयाँ नाफा गर्न सफल भएको हो ।

यस वर्ष कम्पनीको आम्दानी पनि ६० प्रतिशत बढी भएको छ । गत वर्ष  २२ करोड ६८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ३६ करोड २६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

यस वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब १० करोड २१ लाखरुपैयाँ भन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । यो रकम गत वर्षको यसै अवधिसम्म २ अर्ब ६४ करोड ९० लाख २६ हजार रुपैयाँ थियो । गत वर्षभन्दा १७ प्रतिशत बढी बीमाशुल्क यस वर्ष आर्जन भएको हो ।

६० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी  २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ पुगेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ७५ प्रतिशत बढी  ४९ करोड ५९ लाख २४ हजार रुपैयाँ कायम भएको कम्पनीको जीवन बीमा कोष रकम पनि २७ दशमलव ६० प्रतिशत बृद्धि भई २० अर्ब १४ करोड ८० लाख ३२ हजार रुपैयाँ कायम भएको छ ।

यस वर्षको तेस्रो त्रैमाससम्म २ लाख ८४ हजार २५९ बीमालेख कायम रहेको छ । यो संख्या गत वर्षको यसै अवधिसम्म २ लाख ६० हजार ७७३ थियो ।  यस वर्ष कम्पनीले ७ हजार ८९ जनलाई  १ अर्ब ४६ करोड ७१ लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी  १३ दशमलव ८७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ  १२७ दशमलव ४६ रुपैयाँ छ । हाल यस कम्पनीले ३६ वटा शाखा तथा १०१ वटा उपशाखा मार्फत देशव्यापी रुपमा बीमा सेवा विस्तार गरेको छ ।

prabhu mahalaxmi
kumari