नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा अर्याल नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । मंसिर १९ गते बसेको अर्थमन्त्रीस्तरको निर्णय अनुसार अर्याललाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष तोकिएको हो ।
अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका अर्याल यसअघि कम्पनीको सञ्चालक सदस्य थिए । उनी अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव समेत हुन् ।
अर्याललाई अर्को व्यवस्था नभएसम्मको लागि अध्यक्ष तोकिएको हो। यसअघि कम्पनीको अध्यक्षमा डा। रविन्द्र घिमिरे थिए।



























