stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्राइम लाइफ इन्स्योरेन्सको १५ औं वार्षिक साधारण सभा पुस २४ गते 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पुस २४ गते प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १५औं वार्षिक साधारण सभा  गर्ने भएको छ । कम्पनीले उक्त सभा अग्रवाल भवन कमलपोखरीमा आयेजना गर्ने जनाएको छ ।

दिनको २ बजे साधारणसभा हुनेछ । कम्पनीको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

वार्षिक साधारण सभा मार्फत संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, हिसाव नाफा नोक्सान एकिकृत आय ब्यय हिसाव लगायतका अनुसूचिहरु सहितको वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को हिसाबकिताब लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संचालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनश र कर प्रयोजनका लागि एक करोड ९० लाख नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । सभाले बोनश शेयरपछिको हदसम्म जारी तथा चुक्ता पूँजी बृद्धि गर्न स्वीकृत गर्नेछ ।

त्यसैगरी सभाले कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व ६० प्रतिशत र ४० प्रतिशत रहेकोमा अब परिवर्तन गरी ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ एक आपसमा मर्जरको सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गर्ने, सैदान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण समक्ष निवेदन दिने, शेयर कारोबार रोक्काको लागि पत्रचार गर्ने, कम्पनीको दायित्व मुल्याङकन गर्नका लागि लेखापरीक्षक, परामर्शदाता नियुक्त गर्ने, पारीश्रमिक तोक्ने, निर्णयके अनुमोदन गर्नेछ ।

साथै, एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि प्रचलित कानुन बमोजिम नियम कानुन तथा निर्देशन बमोजिम नियमनकारी निकायले निर्देशन गरे बमोजिम विवरणहरु उपलब्ध गराउने, गाभ्ने गाभिने लगायतका सबै काम अगाडी बढाउनका लागि, कम्पनीको प्रबन्धपत्र संशोधन तथा फेरबदल गर्ने लगायतका काम गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

prabhu mahalaxmi
kumari