stcnepal long ad
global ime bank long

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक समिति, उच्च व्यवस्थापन र विभागीय प्रमुखहरूको सहभागिता थियो।

प्रशिक्षणमा नेपाल राष्ट्र बैंकका निर्देशक एवं विज्ञ डा. हरि कुमार नेपालले बीमा क्षेत्रको कानुनी व्यवस्था, जोखिम पहिचान, ग्राहक पहिचान र शंकास्पद कारोबार पहिचानका विषयमा जानकारी दिए। उनले अन्तर्राष्ट्रिय अभ्यास र व्यवहारिक कार्यान्वयनका पक्षबारे विस्तृत प्रस्तुति दिएका थिए।

सो अवसरमा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले संस्थागत सुशासन र अनुपालनले नै कम्पनीलाई सुरक्षित र दिगो बनाउने बताए।

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नियामकीय आवश्यकतालाई कम्पनीको दैनिक कार्यप्रणालीमा प्रभावकारी रूपमा लागू गरिएको जानकारी दिए। वित्तीय पारदर्शिता सुदृढ बनाउन र वित्तीय अपराध न्यूनीकरण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari