stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनएफआरएस १७ लागु गर्न केपीएमजीसँग सिटिजन लाइफ इन्स्योरेन्सको सहकार्य

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले एनएफआरएस १७ कार्यान्वयनका लागि केपीएमजी इन्डियालाई परामर्शदाता नियुक्त गरेको छ। नेपाल लेखामान बोर्डद्वारा जारी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागु गरिएको यो मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्न कम्पनीले यो रणनीतिक पहल गरेको हो।

नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीले केपीएमजी एसुरेन्स एन्ड कन्सल्टिङ सर्भिसेस एलएलपीलाई कार्यान्वयन परामर्शदाताका रूपमा नियुक्त गरेको हो।

केपीएमजीले एसुरेन्स, कन्सल्टिङ, कर, जोखिम व्यवस्थापन लगायतका क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। जटिल वित्तीय प्रतिवेदन मापदण्ड, विशेषगरी आईएफआरएस १७/एनएफआरएस १७ कार्यान्वयनमा यसको अन्तर्राष्ट्रिय अनुभव महत्वपूर्ण मानिन्छ।

यो नियुक्तिसँगै सिटिजन लाइफले अन्तर्राष्ट्रिय स्तरको प्राविधिक विशेषज्ञता प्राप्त गर्नेछ भने ज्ञान हस्तान्तरणमार्फत आन्तरिक क्षमता अभिवृद्धि गर्ने अवसर समेत मिल्नेछ।

सम्झौता अवधि साढे तीन वर्ष रहनेछ। यसअन्तर्गत प्रारम्भिक कार्यान्वयनका साथै त्यसपछिका तीन वर्षसम्म पोस्ट–इम्प्लिमेन्टेसन सपोर्टसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।

यस पहलले संस्थालाई अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्डअनुसार थप पारदर्शी, सुदृढ र विश्वसनीय बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

prabhu mahalaxmi
kumari