सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । नेप्सेले सानिमाका आधारभूत सेयरधनी बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।
अब आइतबार मंसिर २५ गतेदेखि यसको सेयर कारोबार पुनः सुरु हुनेछ । रिलायन्स लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको सानिमा इन्स्योरेन्सको गत असार २९ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ ।
सानिमा इन्स्योरेन्स र रिलायन्स इन्स्योरेन्सले असार २९ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
हाल सानिमा लाइफ इन्स्योरेन्सको २ अर्ब ८ करोड ४० लाख रुपैयाँ र रिलायन्स लाइफ इन्स्योरेन्सको २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।