sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सानिमा जनरल इन्स्योरेन्सले २ करोड ८९ लाख नाफा कमायो

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २५ गते बिहीबार

काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको तुलनामा ८५ लाख ९८ हजार रुपैयाँ बढी नाफा कमाएको छ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ८९ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २ करोड ३ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क ६ करोड ६५ लाख रुपैयाँ बढेर ९ करोड ४२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

gold
nawakantipur long