संसदमा नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत हुने

आर्थिक सञ्जाल २०७७ वैशाख २५ गते बिहीबार
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत हुने भएको छ । राष्ट्रपति नीति तथा कार्यक्रम पेश गर्नुपर्ने हुन्छ । संघीय संसदको संयुक्त बैठकमा सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि बजेटका प्राथामिकता तथा सिद्धान्त जेठ २ गते पेश गर्ने कार्यतालिका तय भएको हो ।
संसद सचिलायका अनुसार प्रि–बजेट छलफल प्रतिनिधिसभामा ३ दिन र राष्ट्रियसभामा २ दिने चल्ने भएको छ । प्रतिनिधी सभामा वैशाख २८, २९ र ३० गते तथा राष्ट्रिय सभामा २८ र २९ गते प्रि–बजेट छलफल हुनेछ । त्यस्तै, सरकारले आर्थिक सर्वेक्षण जेठ १३ गते सार्वजनिक गर्नेछ ।
आगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले त्यसका १५ दिनअघि नै प्रि–बजेट छलफल प्रारम्भ गर्नुपर्ने कानुनी व्यवस्था छ । संघीय संसदको अधिवेशन वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजे सुरु हुँदैछ । कोरोनाबाट बच्न सकेसम्म सुरक्षाका उपाय अपनाएर बैठक चलाउने तयारी संसद सचिवालयले गरेको छ ।
