stcnepal long ad
global ime bank long

सानिमा लाइफ इन्सुरेन्सले ६० करोडको आइपीओ निष्कासन गर्ने तयारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २३ गते मंगलबार

काठमाडौं । सानिमा लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ६९ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको भन्दा ०.२०% ले धेरै हो । अघिल्लो वर्ष यसले ७ करोड ६८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, यो त्रैमाससम्ममा सानिमाले ५७ करोड ५८ रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष २४ करोड ९५ लाख रुपैयाँ मात्र खुद बिमा शुल्क आर्जन गरेको थियो ।

चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको सानिमा लाइफको रिजर्भ कोषमा ११ करोड ८७ लाख रुपैयाँ छ । रिजर्भ कोषलाई सुधार गर्दै अघि बढाउनुपर्ने देखिन्छ । कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । आइपीओ जारीपछि भने पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । यसले जीवन बिमा कोषको आकार पनि १५ करोड ९३ लाख रुपैयाँबाट बढाएर ७७ करोड २३ लाख पुर्याएको छ ।

 

IME Lifesidebar
kumari