stcnepal long ad
global ime bank long

मेगा बैंकका ग्राहकहरुलाई दराजबाट घरघरमै सामान, १० प्रतिशत छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २३ गते मंगलबार

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान खरिदमा विशेष छुट प्राप्त गर्ने भएका छन् । लकडाउनको विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले दराजबाट सामान खरिदमा १० प्रतिशत छुट पाउने छन् । डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले दराजसँग सम्झौता गरेको हो ।

दराज डटकमको बेभसाइट तथा मोबाइल एप्स मार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।

       

IME Lifesidebar
kumari