citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

आज डलरको भाउ कति ?

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख २३ गते मंगलबार
काठमाडौं । मंगलबारका लागि एक अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ ८४ पैसा र बिक्री दर १२१ रुपैयाँ ४४ पैसा तोकिएको छ । पछिल्ला दिनहरुमा डलरको भाउ उच्च विन्दुमा अडिइरहेको छ । विश्व अर्थतन्त्रमा कोरोना प्रभाव पर्दा लगानीकर्ताको ध्यान डलरमा गएको हो ।
विश्व बजारमा पेट्रोलियम पदार्थ, सेयर बजार पनि माथि उठ्न सकेका छैनन् । यस कारण पनि लगानीकर्ताहरु सुन र डलरमा आकर्षित भएका छन् ।

साथै, अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा पनि खस्केको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको सीधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ ।

डलरसँग भारु जुन दरमा अवमूल्यन हुन्छ त्यही अनुसार नेपाली मुद्राको अवमूल्य नगर्ने परम्परा छ । अर्थशास्त्रीहरुले आगामी दिनमा अझै अमेरिकी डलरको भाउ बढ्न सक्ने बताउँदै आएका छन् ।
gold
himalayan life insurance long ad
kumari bank