stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५४.७६ अर्व दावी भुक्तानी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्व दावी भुक्तानी गरेको छ ।

यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दावी भुक्तानी हो । नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्त सम्म ५.०३ अर्व मृत्यु दावी, १५.२६ अर्व अवधि समाप्ति दावी भुक्तानी, र १८.५३ अर्व आंशिक अवधि भुक्तानी गरिसकेको छ ।

यसका साथसाथै अन्य शिर्षक जस्तै बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दावी, घातक रोग वापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधा अन्तर्गत १५.९४ अर्व कम्पनीले दावी भुक्तानी गरिसकेको छ ।

बीमित र बीमक बिचको करार बमोजिम जोखिमको क्षति पश्चात वा अवधि समाप्ति पश्चातको रकम यथासमयमा भुक्तानी (दावी भुक्तानी) गर्न नेपाल लाइफ सदैव तत्पर रहेको कुरा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ ।

अवधि भुक्तानी दावी बीमाको अवधि समाप्ति पश्चात भुक्तानी गरिन्छ भने मृत्यु दावी तथा अन्य क्षतिको दावी बीमा अवधि भित्र जुन सुकै समयमा घटित घटना पश्चात भुक्तानी गरिन्छ तर बीमा पूर्णतया अभिछिन्न चालु रहनु पर्दछ ।

त्यस्तै आंशिक अवधि भुक्तानी, निश्चित अवधिको अन्तराल पश्चात बीमा करारमा तोकिए बमोजिम रकम भुक्तानी गरिने गरिएको छ ।

बीमितहरुलाई छिटोछरितो चुस्त, दुरुस्त, तवरले दावी भुक्तानी गरिरहेको नेपाल लाइफ इन्स्योरेन्सले देशैभरि सातै वटा प्रदेशमा फैलिएर रहेका १९७ क्षेत्रीय कार्यालयहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु गुणस्तरीय रुपमा प्रदान गर्दै आइरहेको छ ।

prabhu mahalaxmi
kumari