stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

युनाईटेड ईन्स्योरेन्स कम्पनीको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । काठमाडौं । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ । उहाँ यस कम्पनीको संस्थापक शेयरधनी एन.ई गु्रप प्रा.लि.का अध्यक्ष समेत रहनु भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम आज २०७६ माघ ९गते अध्यक्ष श्रेष्ठल ेबीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिनु भर्ई पदभार ग्रहणगर्नु भएको छ ।
अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी सफलता पूर्वक वहन गरिसक्नु भएको छ । देशको अर्थतन्त्र प्रति गहिरो रूचि राख्नु हुने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिनु हुन्छ ।
अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पु¥याउन आफु प्रतिवद्ध रहेको बताउनु भएको छ । कुशल व्यवस्थपकीय क्षमताका कारण समाजमा ख्याती कमाउनु भएका श्रेष्ठले सञ्चालक समिति र सम्पूर्ण सेयरधनीहरूबीच सुमधुर सम्वन्ध विस्तार गरि युनाईटेड ईन्स्योरेन्सलाई देशकै उत्कृष्ट विमा कम्पनीका रूपमा स्थापित गर्नुहुने विश्वास गरिएको छ । साथै, अध्यक्ष श्रेष्ठले कम्पनीलाई पूर्ण व्यवसायिक रूपमा अगाडि बढाउन आफु प्रतिवद्ध रहेको बताउदै यसका लागि नियामक निकाय, सेयरधनी, विमित एवं शुभेच्छुकहरूबाट पूर्ण साथ र सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गर्नु भएको छ ।

kumari bank
kumari
nawakantipur long