stcnepal long ad
global ime bank long

नेउवामहासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन बीच कार्यक्रम संचालन सम्बन्धी सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (क्ष्ीइ) बीच श्रम सम्बन्ध सुधार, सामाजिक संवाद र व्यवसायिक वातावरण विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ ।
महासंघ सचिवालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष अध्यक्ष भवानी राणाले आइएलओबाट महासंघका गतिविधि सञ्चालन गर्न निरन्तर सहयोग प्राप्त भईरहेकोमा धन्यवाद दिदै अव सञ्चालन हुन लागेको नयां परियोजनाले महासंघको प्रदेश स्तरीय संगठनको क्षमता विकास एवं प्रदेश सरकारसंगको सहकार्य र सम्बन्ध सुधार गर्न मद्दत पुग्ने वताए ।
परियोजनाको लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा डीएफआईडी (म्ँक्ष्म्) लाई धन्यवाद दिदै महासंघ डीएफआईडीसंग मिलेर थप कार्यक्रम सञ्चालन गर्न ईच्छुक रहेको धारणा प्रस्तुत गर्नुभयो ।
सो अवसरमा महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले यस परियोजनाद्वारा सञ्चालन हुने कार्यक्रमले प्रदेश उद्योग वाणिज्य महासंघको क्षमता विकासका साथै प्रदेश स्तरमा सामाजिक संवाद र श्रम सम्बन्ध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा महासंघका महानिर्देशक धरणीधर खतिवडाले यो परियोजनाको कार्यान्वयनबाट व्यवसायिक वातावरण प्रवद्र्धन गर्न सहयोग पुग्ने धारण व्यक्त गर्नुभएको थियो ।
हस्ताक्षर कार्यक्रममा सहभागी हुनु भएका डीएफआईडी (म्ँक्ष्म्) नेपाल अफिसका निजी क्षेत्र विकास सल्लाहकार रोबर्ट क्लाकले यो परियोजना सञ्चालनमा सहयोग गर्न पांउदा खुशी लागेको बताउदै डीएफआईडीले नेपालको रोजगारी प्रवद्र्धन शिप विकासका क्षेत्रमा निजी क्षेत्रसंग मिलेर सहकार्य गर्न ईच्छुक रहेको बताए ।
उक्त अवसरमा आइएलओका राष्ट्रिय कार्यत्रम संयोजक प्रकाश शर्माले डीएफआईडीको आर्थिक सहयोगमा प्रदेश २ र प्रदेश ५ लाई लक्षित गरी सञ्चालन हुने कार्यक्रमले व्यवसाय सम्बन्धि ऐन कानून वारे जानकारी दिन र प्रदेश उद्योग वाणिज्य महासंघको क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

IME Lifesidebar
kumari