stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पुनर्निर्माण अन्तिम चरणमा प्रभावित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १२ गते शुक्रबार

काठमाडौँ । गोरखा भूकम्प गएको पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भए पनि कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले पुनर्निर्माण कार्य प्रभावित भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरण स्थापना भएको साढे चार वर्षमा अनेक कठिनाइ आए पनि काम अगाडि बढेको तर यता एक महिनादेखि भने काममा पूर्ण असर परेको स्पष्ट पार्नुभएको छ । उहाँले य(ितबेला कोरोना महामारीले देशमा एक महिनादेखि जारी बन्दाबन्दीले काममा असर परेको छ भन्नुभयो ।
पुनर्निर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट तीन खर्ब नौ अर्ब रुपियाँ र गैरसरकारी संस्था मार्फत ७२ अर्ब रुपियाँ गरी तीन खर्ब ८१ अर्ब रुपियाँ खर्च भएको छ । प्राधिकरणका अनुसार यो अवधिमा चार लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीका निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ ।

थप एक लाख ९० हजार १४५ अर्थात् २६ प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणको चरणमा रहेकोसहित समग्रमा ८८ प्रतिशत काम भएको प्राधिकरणको दाबी छ ।
वि.सं. २०७२ वैशाख १२ गते भूकम्प गएको पाँच वर्ष पूरा हुनुअघि प्राधिकरणले कार्यप्रगति सार्वजनिक गरेको हो । अन्तिम किस्ता भुक्तानी गर्न प्रमाणीकरण गरिएका लाभग्राहीको सङ्ख्या पाँच लाख ६१ हजार ६५० अर्थात् ७२ प्रतिशत पुगेको जनाइएको छ ।
निजी आवास पुनर्निर्माणका क्रममा करिब पाँच लाख गुनासो सम्बोधन भएको र प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझ्नेका लागि पुनरावेदन समिति मार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको स्पष्ट पारिएको छ । प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त कुल सात हजार ५५३ विद्यालयमध्ये पाँच हजार ५९८ अर्थात् ७४ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । एक हजार ४९२ अर्थात् २० प्रतिशत विद्यालय पुनर्निर्माणका क्रममा छन् ।
यस्तै ३२ जिल्लाका ९२० वटा सम्पदामध्ये ४०२ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ भने १४१ वटा सम्पदा पुनर्निर्माणको चरणमा छन् । काठमाडौँ उपत्यका भित्रका विश्व सम्पदा क्षेत्रका क्षतिग्रस्त १७० वटा सम्पदामध्ये १०१ वटा अर्थात् ५९ प्रतिशत सम्पन्न भएका छन् भने बाँकी ५४ वटा अर्थात् ३२ प्रतिशत पुनर्निर्माणको क्रममा छन् ।
कुल एक हजार १९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको छ भने १४५ वटा पुनर्निर्माणको चरणमा छन् । सम्पन्न भएका र पुनर्निर्माण भइरहेका गरी स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत प्रगति हासिल भएको छ । यस्तै कुल ४१५ सरकारी भवनमध्ये ३४९ वटा अर्थात् ८४ प्रतिशत सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ४९ वटा पुनर्निर्माणको चरणमा छन् । तीमध्ये धेरै सम्पन्न हुने चरणमा रहेको प्राधिकरणले जनाएको छ ।

पुनर्निर्माण अन्तर्गत सुरक्षा निकायका १९४ वटा संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २२ वटा पुनर्निर्माणको चरणमा छन् । प्राधिकरणका अनुसार ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएको छ भने नौ वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ । प्राधिकरणको कार्यावधि पाँच वर्ष तोकिएको छ । त्यो अवधि आगामी पुसमा पूरा हुँदैछ । आवश्यक परे एक वर्ष अवधि थप गर्न सकिने व्यवस्था रहेको छ ।  आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari