citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

जनरलको इन्स्योरेन्सको नाफा २० प्रतिशतले बढ्यो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिसम्ममा ११ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २४ प्रतितशले बढी हो ।

१ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २१ करोड ७९ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार बढेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ८ करोड ७५ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीको बीमा कोषमा २४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले १६ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ७० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १९ प्रतिशतले कमी हो ।

कम्पनीले यस अवधिमा १४ करोड ५० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको  सोही  अवधिमा कम्पनीले ७ करोड ४९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ २१ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ६३ पैसा रहेको छ । यस अवधिमा कम्पनीले २९ करोड ६८ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ७१ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी दाबी रकम रहेको छ ।

himalayan life insurance
igi long