stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लुम्बिनी जनरलको साधारणसभा सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ दशलमव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ५ प्रतिशत नगद लाभांश सहित कुल १० प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको छ ।

सभाले संचालक समितिको १७ औं वार्षिक प्रतिवेदन २०७७/७८ पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान, हिसाब, नगद प्रवाह विवरण र अनुसूचिहरु पनि पारित गरेको छ ।

 

लेखापरीक्षण समितिको सिफारिसमा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक तोक्ने, हालको लेखापरीक्षक एस.ए.आर एसोसिएटसलाई पुनः नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । स्वतन्त्र संचालकमा निर्मला देवी मानन्धरलाई गरिएको नियुक्ति अनुमोदन भएको छ ।

त्यस्तै, सभामा कम्पनीको अधिकृत पूँजी बृद्धि गरी ३ अर्ब पुर्याउने, प्रबन्धपत्रको दफा संशोधन गर्ने, प्रबन्धपत्रको प्रस्तावित संशोधनमा सम्बन्धीत निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित भएको छ ।

अन्य कुनै कम्पनीसंग प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने प्रयोजन गर्न उपयुक्त कम्पनीको पहिचान र छनोट गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सोको लागि सैदान्तिक स्वीकृतिका लागि समिति समक्ष निवेदन दिने, सम्पति वा दायित्वको मुल्याङकन गर्न मुल्याङकनकर्ता नियुक्ति गर्ने लगायतका कार्य गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित भएको छ । आज पारित भएको लाभांश असार १४ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गरेका छन् ।

prabhu mahalaxmi
kumari