यो विपत्तीमा डिजिटाइजेसन मार्फत घरबाटै बिमा गराउने उचित समय हो’ विजय शाह

आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार
काठमाडौं । कोरोना भाइरसका कारण आज देश लक डाउनमा छ । मुलुक ठप्यै छ । सरकारले अत्यआवश्यक काम बाहेक घरमै बस्न सबै नागरिकलाई सचेत गराएको छ । देशको आर्थिक क्षेत्र प्यारलाइज अवस्थामा पुगेको छ । यस्तो अवस्थामा सर्वसाधारणको अत्यआवश्यक भित्र पर्ने बिमा क्षेत्र पनि अहिले प्रभावित बनेको छ ।
मुलुककै जेठो बिमा कम्पनीका सिईओ विजयबहादुर शाह पनि सरकारले भनेझै घर बाहिर निष्केका छैनन् । घरमै पुष्तक पढ्ने चलचित्र हेर्ने र बिमाका अत्यआवश्यक रिन्यूका काम अनलाइनको माध्यामबाट घरैबाट सेवा दिइरहेका छन शाह । ‘लामो घर बसाइ पट्यार लागेपनि सर्वसाधारणलाई सेवाबाट बन्चित भने गरेका छैनौं’ शाह भन्छन् । बाट अत्यआवश्यक क्षेत्र भित्र पर्ने बिमा व्यावसाय सर्वसाधारणले प्लेम पाउने अवस्थाबाट बन्चित हुन नदिन धेरै बिमा कम्पनीहरुले अनलाइनबाटै काम गरिरहेका छन । कतिपय कर्मचारीका अफिसँगै क्वाटर भएकाले सेवा सुचारु गरेको शाह बताउँछन ।
बैंक र बिमाको पारस्परिक संबन्ध छ । अहिले बैंकिङ क्षेत्रको विजनेश नभएको बेलामा बिमाको विजनेश हुने कुरै भएन । तर पनि विगतमा बिमा गरेका कष्टमरको रिन्यू गर्ने समय विभिन्न समयामा पर्ने भएकाले बिमा क्षेत्रले सेवा जारीराख्नुपर्ने अवस्था छ । तर बिमा कम्पनीहरुले आफ्ना कष्टमरलाई रिन्यु गर्ने व्यवस्था मिलाएका छन ।
अफ्टेरोमा बिमा क्षेत्र
बैंक वित्तिय क्षेत्रमा नयाँ विजनेश नभएकाले बिमाको पनि नयाँ कुनै व्यापार छैन र हुने कुरा पनि भएन । सर्वसाधारणले बिमा कम्पनीका सबैजसो साखाबाट पैसा बैंकमा जम्मा गरेर भौचर पठाएपनि बिमाको पोलिसि रिन्यू हुन्छ । र अनलाइनबाटै पोलिसि कष्टमरलाई पठाउने काम भैरहेको छ ।
बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिले इन्स्योरेन्स कम्पनीको सेवा सुचारु गर्न पासको व्यवस्था गर्न नसकेकोमा शाहको चित्त दुखेको छ । हामी १/२ जना कर्मचारी अफिस गएर पनि बिमा रिन्यू गराउन सबस्या थिएन तर पासको व्यवस्था हुन नसक्दा सर्वसाधारणमा केही अफ्टेरो परेको शाह बताउँछन । फोन र अनलाइनबाट सेवा दिएपनि कष्टमरलाई बानि पार्न भने केही समस्या परेको छ ।
मुलुकको अन्य आर्थिक क्रियाकलापमा सुस्तता आएसंगै बिमामा त्यसको असर देखिनु स्वभाविक हो । अन्य आर्थिक क्षेत्रमा कति समय अषर पर्छ बिमा क्षेत्र त्यसैमा भर पर्ने शाह बताउँछन ।
सामाजिक दुरी कायम राखेर डिजिलाइजेनसमा जाने उचित अवसर
बिमा क्षेत्रका कर्मचारी हरेक दिनजसो भेटेर बिमा गर्न र विजनेश ल्याउनमै अधिकांस समय वित्थ्यो । कोरोना भाइरसका कारण सामाजिक दुरी राख्नु पर्ने अहिलेको जुन अवस्था छ यो अवसरलाई टेकेर अनलाइनमा जाने उचित अवसर पनि हो । विश्वमै देखिएको सामाजिक दुरीका कारण अव बिमा गर्न घर अफिस धाउनु भन्दा नियमनकारी निकायले समेत यसलाई अवसरको रुपमा प्रयोग गर्न कम्पनीहरुलाई प्रेरित गर्नुपर्ने शाहको तर्क छ ।
अव बिमा गर्न अफिसमै जानुपर्ने र समय र श्रमको खर्च डिजिलाइजेनसमा गर्नुपर्छ, त्यसले भोली सबैलाई राम्रो गर्छ । महामारीले तुरुन्तै मानिसहरु घुलमिल हुने वातावरण नहुने हुनाले यही अवसरमा डिजिटाइजेनसमा फोकस गर्नुपर्छ ।
अनलाइनबाटै पोलिसि जारी गर्न बिमा कम्पनीहरुले बिमा समितिलाई तिर्ने शुल्कबाट पनि खर्च गर्न सकिने शाहको तर्क छ । नियमनकारी निकाय लागेमा समयको सही सदुपयोग गर्ने अवसर अहिले रहेको छ । अव हामीले काम गर्ने तौर तरिकामा पनि परिवर्तन ल्याउनु जरुरी छ ।
लकडाउन महिनौ जान सक्छ तर यो परिस्थितिमा बिमा समितिले तत्काल राहत सहित बिमितहरुलाई अनलाइनमा जान फोकस गर्नुपर्छ । त्यसका लागी आवश्यक कानुनको पनि संशोधन गरेरै भएपनि आधुनिक प्रविधिको उच्चतम प्रयोग ने कोरोनाबाट जोगिने उचित अवसर पनि हो । अव बिमा कम्पनीहरुले पनि डिजिटाइजेनस बारे प्रचार–प्रसार गरेर घरबाटै बिमा गर्ने सकिने बारे जानकारी दिनु जरुरी छ । सबै बिमा कम्पनीहरुले अनलाइनबाटै सेवा दिन सक्छन । हामी तत्पर पनि छौं ।