stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

यो विपत्तीमा डिजिटाइजेसन मार्फत घरबाटै बिमा गराउने उचित समय हो’ विजय शाह 

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार

काठमाडौं । कोरोना भाइरसका कारण आज देश लक डाउनमा  छ । मुलुक ठप्यै छ । सरकारले अत्यआवश्यक काम बाहेक घरमै बस्न सबै नागरिकलाई सचेत गराएको छ । देशको आर्थिक क्षेत्र प्यारलाइज अवस्थामा पुगेको छ । यस्तो अवस्थामा सर्वसाधारणको अत्यआवश्यक भित्र पर्ने बिमा क्षेत्र पनि अहिले प्रभावित बनेको छ ।

मुलुककै जेठो बिमा कम्पनीका सिईओ विजयबहादुर शाह पनि सरकारले भनेझै घर बाहिर निष्केका छैनन् । घरमै पुष्तक पढ्ने चलचित्र हेर्ने र बिमाका अत्यआवश्यक रिन्यूका काम अनलाइनको माध्यामबाट घरैबाट सेवा दिइरहेका छन शाह । ‘लामो घर बसाइ पट्यार लागेपनि सर्वसाधारणलाई सेवाबाट बन्चित भने गरेका छैनौं’ शाह भन्छन् । बाट अत्यआवश्यक क्षेत्र भित्र पर्ने बिमा व्यावसाय सर्वसाधारणले प्लेम पाउने अवस्थाबाट बन्चित हुन नदिन धेरै बिमा कम्पनीहरुले अनलाइनबाटै काम गरिरहेका छन । कतिपय कर्मचारीका अफिसँगै क्वाटर भएकाले सेवा सुचारु गरेको शाह बताउँछन ।

बैंक र बिमाको पारस्परिक संबन्ध छ । अहिले बैंकिङ क्षेत्रको विजनेश नभएको बेलामा बिमाको विजनेश हुने कुरै भएन । तर पनि विगतमा बिमा गरेका कष्टमरको रिन्यू गर्ने समय विभिन्न समयामा पर्ने भएकाले बिमा क्षेत्रले सेवा जारीराख्नुपर्ने अवस्था छ । तर बिमा कम्पनीहरुले आफ्ना कष्टमरलाई रिन्यु गर्ने व्यवस्था मिलाएका छन ।

अफ्टेरोमा बिमा क्षेत्र
बैंक वित्तिय क्षेत्रमा नयाँ विजनेश नभएकाले बिमाको पनि नयाँ कुनै व्यापार छैन र हुने कुरा पनि भएन । सर्वसाधारणले बिमा कम्पनीका सबैजसो साखाबाट पैसा बैंकमा जम्मा गरेर भौचर पठाएपनि बिमाको पोलिसि रिन्यू हुन्छ । र अनलाइनबाटै पोलिसि कष्टमरलाई पठाउने काम भैरहेको छ ।

बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिले इन्स्योरेन्स कम्पनीको सेवा सुचारु गर्न पासको व्यवस्था गर्न नसकेकोमा शाहको चित्त दुखेको छ । हामी १/२ जना कर्मचारी अफिस गएर पनि बिमा रिन्यू गराउन सबस्या थिएन तर पासको व्यवस्था हुन नसक्दा सर्वसाधारणमा केही अफ्टेरो परेको शाह बताउँछन । फोन र अनलाइनबाट सेवा दिएपनि कष्टमरलाई बानि पार्न भने केही समस्या परेको छ ।

मुलुकको अन्य आर्थिक क्रियाकलापमा सुस्तता आएसंगै बिमामा त्यसको असर देखिनु स्वभाविक हो । अन्य आर्थिक क्षेत्रमा कति समय अषर पर्छ बिमा क्षेत्र त्यसैमा भर पर्ने शाह बताउँछन ।

सामाजिक दुरी कायम राखेर डिजिलाइजेनसमा जाने उचित अवसर
बिमा क्षेत्रका कर्मचारी हरेक दिनजसो भेटेर बिमा गर्न र विजनेश ल्याउनमै अधिकांस समय वित्थ्यो । कोरोना भाइरसका कारण सामाजिक दुरी राख्नु पर्ने अहिलेको जुन अवस्था छ यो अवसरलाई टेकेर अनलाइनमा जाने उचित अवसर पनि हो । विश्वमै देखिएको सामाजिक दुरीका कारण अव बिमा गर्न घर अफिस धाउनु भन्दा नियमनकारी निकायले समेत यसलाई अवसरको रुपमा प्रयोग गर्न कम्पनीहरुलाई प्रेरित गर्नुपर्ने शाहको तर्क छ ।

अव बिमा गर्न अफिसमै जानुपर्ने र समय र श्रमको खर्च डिजिलाइजेनसमा गर्नुपर्छ, त्यसले भोली सबैलाई राम्रो गर्छ । महामारीले तुरुन्तै मानिसहरु घुलमिल हुने वातावरण नहुने हुनाले यही अवसरमा डिजिटाइजेनसमा फोकस गर्नुपर्छ ।

अनलाइनबाटै पोलिसि जारी गर्न बिमा कम्पनीहरुले बिमा समितिलाई तिर्ने शुल्कबाट पनि खर्च गर्न सकिने शाहको तर्क छ । नियमनकारी निकाय लागेमा समयको सही सदुपयोग गर्ने अवसर अहिले रहेको छ । अव हामीले काम गर्ने तौर तरिकामा पनि परिवर्तन ल्याउनु जरुरी छ ।

लकडाउन महिनौ जान सक्छ तर यो परिस्थितिमा बिमा समितिले तत्काल राहत सहित बिमितहरुलाई अनलाइनमा जान फोकस गर्नुपर्छ । त्यसका लागी आवश्यक कानुनको पनि संशोधन गरेरै भएपनि आधुनिक प्रविधिको उच्चतम प्रयोग ने कोरोनाबाट जोगिने उचित अवसर पनि हो । अव बिमा कम्पनीहरुले पनि डिजिटाइजेनस बारे प्रचार–प्रसार गरेर घरबाटै बिमा गर्ने सकिने बारे जानकारी दिनु जरुरी छ । सबै बिमा कम्पनीहरुले अनलाइनबाटै सेवा दिन सक्छन । हामी तत्पर पनि छौं ।

 

 

prabhu mahalaxmi
kumari bank
kumari