citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

महावाणिज्यदूतहरुको सुविधा खोसियो, नीलो नम्बर प्लेट र नेपालको झण्डा प्रयोगमा रोक

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार

काठमाडौं ।  महावाणिज्यदूतहरुको केही सुविधा खोस्ने निर्णय भएको छ । सरकारले महावाणिज्यदूतले पाउने सुविधाको दुरुपयोग गरेपछि  यस्तो निर्णय गरेको छ । गत मंलगबार मात्रै किर्गिस्तानका लागि सरकारका महावाणिज्यदूत रहेका सुलभ अग्रवालले कुटनीतिक प्लेटको गाडी प्रयोग गरेर थर्मल गनको कालोबारी गरेको आरोपमा पक्राउ परेका थिए ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार, अब विभिन्न देशमा रहेका नेपालका अवैतनिक महावाणिज्य दूतले आफ्नो सवारीमा नीलो नम्बर प्लेट र नेपालको झण्डा प्रयोग गर्न पाउने छैनन् । यो निर्णय तत्कालै लागू हुने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

अर्को सूचना जारी नहुन्जेलका लागि अवैतनिक महावाणिज्य दूतले प्रयोग गर्ने गाडीमा यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

 

 

gold
himalayan life insurance long ad
kumari bank