prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

सिटिजन लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन 

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आर्थिक वर्ष २०७८ ७९ को तेस्रो त्रैमासको वित्तीय विवरण सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको छ । इन्स्योरेन्सले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा बाहेक अधिकांश सूचकमा प्रगति देखिएको छ ।

१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ८३ करोड ३९ लाख रुपैयाँ जगेडा कोषमा संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ७६ करोड रुपैयाँ संचिती रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बढेको हो ।

 

 

यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा ५ अर्ब ५३ करोड ७८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३ खर्ब १ करोड १२ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले १४ करोड ६३ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ५७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा १३८ प्रतिशतले घटेको हो । सामान्य बढेको हो ।

यस अवधिमा कम्पनीले ३ अर्ब ५९ करोड ५० लाख ६४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४४ करोड १० लाख २६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४७ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीले ८१ करोड ४८ लाख ७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८५ लाख ५७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी बढेको छ ।

३० वैशाख २०७९, शुक्रवार ०८:५९ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads