prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

वैदेशिक रोजगार विभागले अन्तर्वार्ता रोक्न निर्देशन

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । वैदेशिक रोजगारीमा जान चाहनेका लागि वैशाख ३० र ३१ गतेका लागि तय गरिएका अन्तर्वार्ता कार्यक्रम रद्द गर्न वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ ।

विभागले बिहीबार सूचना जारी गर्दै वैशाख ३० गते स्थानीय तहको निर्वाचन र ३१ गते शनिबार परेकाले ती दिनमा गर्ने भनिएका अन्तर्वार्ता स्थगन गर्न वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई निर्देशन दिएको हो ।

 

विभागले जेठ १ गते पछिका लागि तोकिएका अन्तर्वार्ता भने सञ्चालन गर्न सकिने जनाएको छ । दर्जनौँ म्यानपावर कम्पनीले विभिन्न देशमा रोजगारीमा पठाउने गरी वैशाख ३० र ३१ गते अन्तर्वार्ता तोकेका थिए ।

३० वैशाख २०७९, शुक्रवार ०८:२५ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads