prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने, आजै बोलकबोल

राष्ट्र बैंकले ९१ दिनको लागि ७ अर्ब १० करोडको ट्रेजरी जारी गर्न लागेको हो ।

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब १८ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनको लागि ७ अर्ब १० करोडको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी साउन २४ गते परिपक्व हुनेछ ।

 

१८२ दिनको लागि ११ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी कात्तिक २२ गते परिपक्व हुनेछ । त्यस्तै, १ वर्षको लागि २ अर्ब ८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख २६ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष)
स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

२६ वैशाख २०७९, सोमवार ०८:२१ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads