stcnepal long ad
ime life insurance
global ime bank long

आइएमई जनरल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने म्याद वैशाख २० गते अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने वैशाख २० गते मंगलबार अन्तिम दिन हो । यसले वैशाख १२ गतेबाट ९१ हजार १९५ कित्ता सेयर लिलामी बिक्री खुला गरिरहेको छ ।

जसमा कम्पनीले सर्वसाधारण समूहको ८८ हजार ९३४ कित्ता र संस्थापक समूहको २ हजार २६१ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद वैशाख २० गतेसम्म रहेको छ ।

यसअघि कम्पनीले फागुन २२ गतेबाट चैत १३ गतेसम्म ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको सेयर अहिले लिलामीमा बिक्री गरिएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

prabhu mahalaxmi
kumari