आइएमई जनरल इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । समायोजनपछिको मूल्य ६ सय २ रुपैयाँ ८० पैसा निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ ।
कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यसले वैशाख ९ गते वार्षिक साधारण सभा डाकेको छ । सभा, लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
























