stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अनलाइन सेवा दिन बिमा समितिको निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई अनलाइन प्रणालीबाट पनि सेवा सुविधा दिन बिमा समितिले निर्देशन दिएको छ । आइतबार जीवन बिमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै उनीहरुको हित तथा सुरक्षा समेतलाई दृष्टिगत गरी यस्तो निर्देशन दिएको हो । समितिले जारी गरेको निर्देशनमा म्यादी जीवन बिमा अन्तर्गत वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिबाट नगद, बैंक चेकका अतिरिक्त अनलाइन प्रणालीबाट समेत भुक्तानी व्यवस्था गर्न भनिएको छ ।
साथै, वैदेशिक रोजगारमा जाने सेवाग्राहीको चाप र भैगोलिक समावेशिता समेतलाई मध्यनजर गरी सहजै सेवा प्राप्त गर्ने व्यवस्था गर्न, उनीहरुको इलेक्ट्रोनिक प्रस्ताव फारमलाई मान्य हुने गरी बिमालेख जारी गर्न सकिनेछ ।
यसरी बिमा लेख जारी गर्दा विद्यमान कानुनी व्यवस्था समेतलाई मध्यनजर गरी प्रिन्ट कपी सहित आवश्यकता अनुसार डिजिटल इलेक्ट्रोनिक्स माध्यमबाट समेत गर्न सकिनेछ ।
prabhu mahalaxmi
kumari