stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

महामारीको सम्भावित संक्रमण निगरानी गर्न ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ शुभारम्भ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार

काठमाडौं । कोरोना (कोभिड-१९) को सम्भावित महामारीमाथि निगरानी गर्न काठमाडौं महानगरपालिकाले आइतबार ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ सार्वजनिक गरेको छ ।

महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले प्रणाली बिकासकर्ताहरुलाई आफ्ना-आफ्नै ठाउँबाट भिडियो कन्फरेन्समा जोडेर सभागृहबाट प्रणालीको शुभारम्भ गर्नुभएको हो ।

यसका लागि सूचना प्रबिधि महाशाखाले समन्वय गरेको थियो । सफ्टवेयर बिकासकर्ता सूचना प्रविधि विशेषज्ञले प्रणाली बिकास गरेका हुन् । प्रणालीमा प्राप्त सूचनालाई रोगसँग सम्बन्धित बिशेषज्ञ डाक्टर, तथ्याङ्क विशेषज्ञ, भौगोलिक सूचना-प्रविधि विषेषज्ञले तथ्य बिश्लेषण गरेर त्यसका आधारमा जिज्ञासु प्रयोगकर्ता र महानगरलाई अवस्थाका बारेमा प्रणालीले सूचना दिन्छ ।

तथ्य बिश्लेषणपछि बिरामीले सावधानी अपनाउनु पर्ने नपर्ने, घरमै सुरक्षित बसे हुन्छ कि स्वास्थ्य संस्थामा जानुपर्छ? बिशेषज्ञ स्वास्थ्य सेवा आवश्यक पर्छ कि ? जस्ता बिरामीका अवस्था थाहा पाउन सकिन्छ ।

यस प्रणालीबाट संक्रमणको आशंका भएका व्यक्तिहरु अस्पताल गएर भीड हुने अवस्थामा कमी ल्याउँछ । महानगरले तथ्यमा आधारित स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण पाउँछ र व्यक्तिले घरबाटै सेवा पाउने अवसर पाउँछन् ।

प्रणाली शुभारम्भ गरिसकेपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भने–‘पछिल्लो संवेदनशील परिस्थितिलाई ध्यानमा राखेर यो प्रणाली बिकास गरिएको हो । कतिपय बेलामा व्यक्तिको सावधानीले मात्र पनि सेवा प्रवाहलाई सहज बनाउँछ । सेवा दिनुपर्ने ठाउँमा उपचार नगरी नहुने बिरामी मात्र भए भने सेवाप्रवाहमा अनावश्यक प्रक्रिया, झन्झट र खर्च गर्नु पर्दैन ।

हामी हाम्रा सेवालाई चुस्त र व्यबस्थित बनाउँदै लाँदैछौं ।’ प्रणाली यसका लागि पनि हो, प्रमुख शाक्यले प्रभावकारी परिणामको अपेक्षा राख्दै भने–‘अहिलेसम्म प्राप्त ज्ञान र अनुभवबाट विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यको आधारमा तयार पारिएको प्रणालीले कोभिड–१९ को संक्रमणको सम्भावनालाई सजिलोसँग पहिचान गर्न र व्यक्तिको स्थितिको गम्भीरता आफैँले स्वमुल्याङ्कन गर्न सघाउनेछ ।

यसलाई थप व्यवस्थित गर्न आवश्यक पर्दा हामी महानगरपालिकाको सहयोगमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा (१०२) लाई परिचालन गरेर सेवा छिटो र उपचारलाई गुणस्तरीय बनाउँछौं ।’ यो प्रणाली अहिलेका लागि कोभिड नियन्त्रणका लागि तयार गरिएको हो ।

तर, महामारी नियन्त्रणमा आइसकेपछि पनि यसलाई महानगरले यसलाई नियमित प्रयोगमा ल्याउन सक्छ । प्रणालीका बिकासकर्ता एवं सूचना प्रणालीविज्ञ भुषणराज श्रेष्ठ भन्छन्–‘महामारी नियन्त्रणका लागि बिश्व अनुभवबाट प्राप्त ज्ञानको प्रयोग काठमाडौंका लागि नयाँ हो । मलाई संक्रमण भयो कि भनेर मनमनै डर राख्ने तर स्वास्थ्यकर्मीको पहुँचमा जान अप्ठ््यारो मानीरहेका व्यक्तिहरुका लागि यो सजिलो उपाय हो ।

’ नेपाल रिसर्च एडुकेशन नेटवर्क, जनस्वास्थ्य सरोकार ट्रष्ट, इनोभेटिभ सोलुसन, नेपाल डिजास्टार–इमर्जेन्सी मेडिसिन सेन्टरलगायतका संघसंस्थाको साझेदारितामा यो प्रणाली बिकास भएको हो । प्रणालीले महामारी नियन्त्रण गर्नु पर्ने जटिल परिस्थितिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वयन गर्न र एकीकृत कार्यक्रम गर्जुमा गर्न मद्दत गर्नेछ ।

त्यस्तै संक्रमणको शंका लागेका व्यक्तिले अनावश्यक चिन्ता र मानसिक तनाव लिएर बस्नुको सट्टा आफ्नो यथार्थ स्थितिबारे उपयुक्त श्रोत र बिधि तथा वस्तुगत रुपमै स्पष्ट भएर उपयुक्त निर्णय प्रणालीले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रणाली सार्वजनिक गर्ने अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, प्रशासन बिभागका प्रमुख नमराज ढकाल, सूचना प्रबिधि बिभागका निमित्त प्रमुख युवराज खनाल र जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रबिलास बज्राचार्य सहभागी थिए ।

कसरी लिन सकिन्छ जानकारी ? तपाईँहरु सबैले यो एप्लिकेसन गुगलको ‘प्लेस्टोर’ बाट डाउनलोड गरी इन्स्टल गर्न सक्नुहुन्छ । यसको प्रयोग गर्दा त्यसमा सोधिएका तपाईको अवस्थाका बारेका केही प्रश्नको उत्तर दिनुपर्छ ।

मानौ तपाईलाई डाक्टरको चेकजाँच भइरहेको छ । अवस्थाको परिवर्तनका बारेमा थाहा दिन बिहान, दिउँसो र बेलुका गरी दिनको तीन पटक आफ्नो स्थितिबारे थाहा दिनुपर्नेछ ।

यसरी सोधिएको प्रश्नको तपाई वा तपाईको आफन्तसँग सम्बन्धित सूचना पठाएपछि ड््यासबोर्डमा रहेका डाक्टर लगायतका स्वास्थ्यकर्मीहरुले तत्काल देख्नेछन् र अनुगमन शुरु गर्नेछन् ।

तपाईले पठाउनु भएका सूचना सर्भरमा संग्रह हुनेछ । यहाँ तपाईले कुन सहर वा ठाउँबाट सूचना भर्नुभएको हो भन्ने कुरा थाहा हुनेछ । प्राप्त सूचना बिश्लेषण गरेर ड्यासबोर्डमा रहेका स्वास्थ्यकर्मीले तपाईँ कोभिड –१९ (कोरोना) को जोखिममा हुनुहुन्छ कि हुन्न ।

त्यो जोखिम छ भने कति छ ? स्थिति कुन दिशातर्फ जाँदैछ, निको हुँदैछ कि रोग बढ्दैछ ? भन्ने सूचना पाउनेछन् । उनीहरुले पाएको सूचनाका बिश्लेषण गरेर तपाईलाई तपाईको अवस्थाका बारेमा एप्लिकेसनबाट थाहा दिनेछन् । यसमा तपाईँ घरमै ‘सेल्फ क्वाराइन्टाइन’मा बस्नु पर्ने नपर्ने, अस्पतालमा भर्ना हुनुपर्ने वा नपर्ने सल्लाह हुनेछन् ।

यससँग सम्बन्धित सूचना सम्बन्धि अधिकार महानगरपालिकासँग मात्र हुनेछ । यसमा बिरामीको गोपनीयतालाई सुरक्षित राखिनेछ । यसरी सल्लाह दिनका लागि आपतकालीन स्वास्थ्य बिज्ञ डा. रमेशकुमार महर्जन, जनस्वास्थ्य बिज्ञ डा. सरोज धिताल सूचना प्रणाली बिज्ञ भूषणराज श्रेष्ठ लगायतको टोलीले काम गर्नेछ ।

prabhu mahalaxmi
kumari bank
kumari