नेशनल लाईफ इन्स्योरेन्सका अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण
काठमाडौं । बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालवाट नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहलाई आज एक कार्यक्रमको बीच “बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशीका २०७५” अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २०७८ फागुन २९ गते भएको ३३ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई श्रीमती सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित हुनु भएको हो ।
उक्त समारोहमा बीमा समितिको अध्यक्षवाट कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष श्रीमती सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्नु भयो ।
श्रीमती सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा श्री बीमा समितिको अध्यक्षज्यूलाई आफ्नो र संचालक समितिको तर्फवाट आभार एवं धन्यवाद ज्ञापन गर्नु भयो ।























