citizens life insurance long ad
stcnepal long ad

अभिकर्ताहरुको राष्ट्रिय स्तरको सम्पत्ति शुद्धिकरण सम्बन्धि तालिम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुको राष्ट्रिय स्तरको सम्पत्ति शुद्धिकरण सम्बन्धि (AML/CFT)  तालिम तथा बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सँग सम्बन्धित जानकारी कार्यक्रम सुन्दर पर्यटकीय स्थल पोखराको होटल ग्रान्डमा २०७८ फागुन २३ गते देश भरिका करिव ४०० उत्कृष्ट अभिकर्ताहरुको सहभागितामा सम्पन्न भयो ।

उक्त कार्यक्रमको प्रस्तुती कम्पनीका कानुन अधिकृत अधिवक्ता बालकृष्ण गजुरेलले गर्नुभई उक्त कार्यक्रमको सहजीकरण कम्पनीका कम्पनी सचिव तथा प्रशासन विभाग प्रमुख  बोध लाल पुरीबाट भयो ।

अभिकर्ताहरुले यस सम्पत्ति शुद्धिकरण सम्बन्धि (AML/CFT) तालिम तथा बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सँग सम्बन्धित जानकारी कार्यक्रममा प्राप्त गरेका ज्ञान, अनुभवलाई पेशामा उपयोग गरी कम्पनीको व्यवसायलाई कानुनी तथा नितिगत व्यवस्थाहरुको अधिनमा रही गर्ने प्रतिबद्धता व्यक्त गर्दै धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन भयो ।

 

IME Life
kumari