citizens life insurance long ad
stcnepal long ad

प्रिमियर इन्स्योरेन्सको सेयरधनी बन्ने आज अन्तिम 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको लाभांश हात पार्न सेयरधनी बन्ने आज मंगलबार माघ ४ गते अन्तिम दिन हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यस कम्पनीले बुधबार माघ ५ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्दैछ । यसले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १४/२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०/७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

प्रिमियर इन्स्योरेन्सको साधारण सभा माघ २१ गते बस्दैछ । कर प्रयोजन बाहेक नगद लाभांश दिन नपाउने बिमा समितिको निर्देशन अनुसार यसले पूर्वघोषित लाभांश संशोधन गरेको हो । यसअघि कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ७.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।

IME Life
kumari