नाडेप लघुवित्तको साधारण सभा माघ १४ गते बस्ने
काठमाडौं । आगामी माघ १४ गते नाडेप लघुवित्तको वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभा नौबिसे एग्रो रिसोर्ट, नौबिसे धादिङमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
कम्पनीले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ ।
यसर्थ, कम्पनीले ८ करोड ९ लाख ६० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, ४२ लाख ६१ हजार रुपैयाँ नगद बाँड्नेछ ।
सभामा सेयर संरचना र कर्मचारीको पद समायोजनका विषयमा डिप्रोक्स लघुवित्तसँग असहमति भएकाले मर्जर प्रकृया अघि नबढेको र मर्जर गर्न पनि नसकिने भएकाले यो विषय राष्ट्र बैंकलाई जानकारी गराई सकिएको कम्पनीको भनाई छ ।
अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने र नियामक निकायहरुको निर्देशन अनुसार काम गराउनलाई सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि छ ।
सभामा संस्थापक समूहको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।
डिप्रोक्स लघुवित्तले एक्वायर गर्ने सम्झौता भएपछि गत वर्षको पुस १७ गतेदेखि नाडेपको सेयर कारोबार रोक्का छ । डिमर्ज गर्ने भनिए पनि सेयर कारोबार भने खुला भएको छैन ।


























