मितेरी डेभलपमेन्ट बैंकको १४ प्रतिशत लाभांश घोषणा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १४ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र मितरीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ । बैंकले हाल कायम ७९ करोड ७३ लाख ७६ हजार ९३७ रुपैयाँ उक्त लाभांश प्रस्ताव गरेको हो ।



























