नेपाल इन्स्योरेन्स कम्पनीको साधारण सभा स्थगित
आर्थिक सञ्जाल । सोमबार,१० चैत्र २०७६
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैंठकले हाल विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण सावधानी अपनाउँदै सभा स्थगित गरेका हुन् ।
सरकारले एकै ठाँउमा २५ जना भन्दा बढी मान्छे भेला नहुन निर्देशन दिएकाले सोही निर्णयलाई आधार मान्दै अर्को सूचना जारी नभएसम्मका लागि सभा स्थगित गरिएको कम्पनीको भनाई छ । नेपाल इन्स्योरेन्सले चैत २१ गते सभा बोलाएका थिए । तर अब साधारण सभा हुने नयाँ मिति तोकेका छैनन् । अर्को सूचना मार्फत नयाँ मिति सार्वजनिक हुनेछ ।