citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

एनएमबि लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । सोमबार,१० चैत्र २०७६

काठमाडौं । एनएमबि लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । १२% बोनस सेयरपछिको भाउ प्रतिकित्ता ६७४ रुपैयाँ तोकिएको छ । अब सेयर बजार खुल्दा यही मूल्यलाई आधार मानेर कारोबार सुरु हुनेछ ।

चैत २६ गते साधारण सभा बोलाएको यस कम्पनीले सोमबार (चैत १० गते) बाट बुक क्लोज गरेको छ । चैत ९ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने छन् ।

एनएमबि लघुवित्तले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट १२% बोनस सेयर र करप्रयोजन सहित ०.६३२% नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले ४ करोड ८६ लाख १ हजार ८७५ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

यस्तै, कर तिर्न २५ लाख ५७ हजार ९३३ रुपैयाँ नगद लाभांश बाँड्ने छ । साधारण सभा, सिटी स्क्वयर पार्टी प्यालेस, न्युरोड, पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।

gold
himalayan life insurance long ad