Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

आज ज्योति विकास बैंकको बन्डमा आवेदन दिने  अन्तिम दिन

civilbank long ad

काठमाडौं । ज्योति विकास बैंकको बन्डमा आवेदन दिने आज असार ३० गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । ज्योतिले असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई बन्ड बिक्री खुला गरेको छ । यसमध्ये ६ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

बाँकी ९ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । यस बन्डमा वार्षिक ९% ब्याज पाइनेछ । ज्योतिले ‘९%, १० वर्ष, ज्योति विकास बैंक बन्ड २०८७’ बिक्रीमा ल्याएको हो । यो बन्ड वि.सं २०८७ मा परिपक्क हुनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

बन्डमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्छ । न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म भर्न पाइनेछ । यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।


३० असार २०७८, बुधवार ०७:५७ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad